ललितपुर । गायक केदार खोटाङ्गे र गायिका प्रिया लामा थोकरको स्वरमा सजिएको पुर्वेली गीत खोटाङ्ग बजार सार्वजनिक भएको छ । उक्त गीतमा टिक टक भाईरल देबी खड्का लगाएतको अभिनय रहेको छ । केदार खोटाङ्गेको शब्द तथा नवराज रोकाको संगीतमा बनेको उक्त गीत रहर म्युजिक कृयशनको स्टुडियोमा रेकर्ड भएको छ भने गीतको म्युजिक भिडियोलाई केदार खोटाङ्गेले नै निर्देशन गरेका छन ।
प्रदिप सिंह थापाको संपादन रहेको भिडियोमा सपना तामाङ्ग,देबिका खड्का,सोफिया लोहार,मदन महरा लगाएतले अभिनय गरेका छन ।पुर्बेली लयमा आधारित उक्त गीतमा साली भेनाको मायाँ प्रेम तथा खोटाङ्ग जिल्लाको सुन्दरता अनि आमाको मायाँ लगाएत बिषयबस्तुहरु समेटिएका छन ।कोरोनाको कहर केहि हद सम्म कम हुन थाले पछि नेपाली गीत संगीत केहि चलायमान हुन थालेको छ र यसै परिबेशलाई समेत गीतमा समेटिएको छ ।बिषेसत नेपाली लोक संगीतका बिभिन्न भेगहरुमा फरक फरक भाका तथा लय हुने हुंदा यस्को सुन्दरता अंझै थपिएको छ ,काठे भाका पश्चिमेली भाका तथा देउडा लगाएत भाकाहरु संगै पुर्बेली भाकाहरुले पनि लोक संगीतमा उत्तिकै भुमिका खेलिरहेको छ ,यसै पुर्बेली लय तथा भाकामा आएको यो खोटाङ्ग बजार पनि उत्तिकै सुन्दर बनेको छ हेरौं भिडियो ।