• मंसिर १२ २०८१, बुधबार

‘वर्तमान सरकार अपराधीहरुको थलो’ : डा. शेखर कोइराला

माघ १६ २०७७, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाएका छन् ।
सर्लाहीमा शुक्रबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा कांग्रेसद्वारा आयोजित महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले सर्बोच्च अदालतले जन्मकैद फैसला गरिसकेका अपराधीहरुको प्रधानमन्त्री निवास बालुवाटारमा नियमित आउजाउ भईरहेको उल्लेख गर्दै वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाएका हुन् ।

‘रामहरि श्रेष्ठ हत्या काण्डमा सर्बोच्च अदालतले जन्मकैद फैसला गरेका कालिबहादुर खाम अहिले दिनहु बालुवाटारमै हुन्छन्’, नेता कोइरालाले भने, ‘पासपोर्ट काण्डका अभियुक्त शिवपुजन रायलाई पनि पार्टी प्रवेश गराएर अपराधीहरुको थलो बनाईएको छ, अपराधीहरुलाई धमाधम पार्टी प्रवेश गराएर सरकार अपराधीहरको थलो बनिरहेको छ ।’

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक रहेको दाबी गर्दै नेता कोइरालाले यो विषयमा कांग्रेस एक रहेको समेत बताए । ‘तपाईहरुलाई द्विविधा होला, संसद् विघटनको मुद्धामा कांग्रेस एक छैन भनेर, हाँमी एक छौ, संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक कदम हो, त्यसैले संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो’, कोइरालाले पार्टीको धारण थप सुनाउँदै भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले, उक्त मुद्धामा सर्बोच्च अदालतले जे फैसला गरेपनि हाँमी मान्ने छौं, चित्त बुझेपनि नबुझेपनि स्वतन्त्र न्यालयको फैसलालाई शिरोधार्य गर्दै चुनावक्को पक्षमा फैसला आए हाँमी निर्वाचनमा पनि सहभागि हुन्छौं ।’