• मंसिर १२ २०८१, बुधबार

दल दर्ता प्रकृया अघि बढाउन ओली समूहको आग्रह, दाहाल-नेपाल समूहले के भने ?

माघ १६ २०७७, शुक्रबार

काठमाडौँ । नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले आज दल दर्ताका विषयमा बोलाएको छलफलका क्रममा सो पार्टीका नेताहरुले यस्तो आग्रह गरेका हुन् । ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरु छलफलमा सहभागी थिए ।

‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भने, ‘आयोगले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।

आयोगले दुवै समूहलाई मान्यता नदिएको अवस्थामा दल दर्ता कसरी हुन्छ भन्ने प्रश्नमा नेम्वाङले भने, ‘आधिकारिताबारे आयोगले टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।

प्रचण्ड-माधव समूहका नेताहरुले भने अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर भएकाले माघ १८ गतेपछि मात्रै छलफलमा आउन सक्ने लिखित जानकारी दिएका छन् ।