• बैशाख ११ २०८२, बिहीबार

दाहाल – नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो थप समय

माघ १६ २०७७, शुक्रबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल – नेपाल समूह निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नभई फर्किएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो ।
तर अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागीहुन नसक्ने दाहाल-नेपाल समूहले बताएको छ ।

दाहाल -नेपाल समुहका नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएर फर्किएका छन् ।