• बैशाख ११ २०८२, बिहीबार

शर्मा बनिन् नेपालमै पहिलो महिला पुजारी

माघ १५ २०७७, बिहीबार

काठमाडौं । श्री असन अन्नपूर्ण नारायण मन्दिरमा पुजारीको रुपमा शहनशीला शर्मा नियुक्त भएकी छिन् ।  गुठी संस्थान शाखा कार्यालय काठमाडौंले बिहीबार नारायण मन्दिरको पुजारीको रुपमा शर्मालाई नियुक्त गरेको हो ।

यो नियुक्तिसँगै शर्मा नेपालकै पहिलो महिला पुजारी बनेकी हुन् ।  उनलाई  एक वर्ष परीक्षण कालसहित बढीमा पाँच वर्षका लागि मन्दिरको पुजारीमा नियुक्त गरेको गुठीले जानकारी दिएको छ ।

गुठी संस्थानले महिलालाई पुजारीको रुपमा नियुक्त गर्ने प्रचलन नभएको र यसो गर्न नमिल्ने भन्दै आएको तर आफूले निरन्तर प्रयास गरेपछि गुठीले आफूलाई नियुक्त गरेको शर्माले जानकारी दिएकी छिन् ।