काठमाडौंं । अदालतको अवहेलनासम्बन्धी मुद्धामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधिशलाई सर्वोच्च अदालतले आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेका मुद्दाको न्यायाधिश डा. मनोजकुमार शर्माको इजलासले सो आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । त्यस्तैगरी, अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् । प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पुर्याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको थियो ।