काठमाडौं, देशभर थप २ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको कोरोना परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार २ सय ३ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ सय ९६ जना निको भएर घर फर्किएका छन् । योसँगै देशभर निको हुनेहरुको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।