• जेष्ठ २७ २०८२, सोमबार

निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो

माघ १५ २०७७, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो ।

माघ १६ गते शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगको पत्रमा अध्यक्षसहित अध्यक्षले तोकेका पाँच-पाँचजना व्यक्ति उपस्थित हुन भनिएको छ ।

यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।