• बैशाख ११ २०८२, बिहीबार

भ्रष्टाचारमा अग्रता हासिल गर्दै नेपाल

माघ १५ २०७७, बिहीबार

भ्रष्टाचारमा नेपालले अग्रता हासिल गरिरहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपालले केही अग्रता हासिल गरी बढि भ्रष्टाचार हुने देशमा दर्ज हुँदै जान थालेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा झन् भ्रष्टाचार बढ्दै गएको छ ।

विश्वका १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे संकलन गरिएको तथ्यांकका आधारमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा परेको छ । गत वर्ष यस सूचीमा नेपालको अंक ११३ औं स्थान थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका देशहरुका सार्वजनिक क्षेत्रमा हुने गरेको भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दा उक्त कूल सूचकांकलाई १०० अंक मा राखेर लिने गरेको छ । नेपालले हाल १०० अंकमा मात्र ३३ अंक प्राप्त गरेको छ ।

लिइएका तथ्यांक र सूचकांकमा सरकारले भ्रष्टाचार विरोधी प्रयास नथाल्नु, सार्वजनिक क्षेत्र कमाउधन्धामा उन्मुख हुनु, अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारी पारदर्शी नहुनु, घुसखोरी बढ्नु, कािसनको खेल फस्टाउनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु आदि रहेको कुरा दर्शाइएको छ ।

यो रिपोर्ट विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएमसमेत गरी ६ वटा संस्थाले संयुक्त रुपमा तयार पारी सार्वजनिक गरेका हु्न् ।