काठमाडौं । काठमाडौंको ठमेलस्थित गल्कोपाखाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक भोटेचौर वडा नं ३ घर भई पेस्सीकोला टाउनिङमा बस्दै आएका कृष्ण चौँलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।
२८ वर्षीय कृष्णलाई महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए ।
उनको साथबाट प्रहरीले एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।