• मंसिर ११ २०८१, मंगलवार

नेपालमै पहिलो पटक डायमण्ड परीक्षण प्रयोगशाला बन्ने

माघ १४ २०७७, बुधबार

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलनआयोजना गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिना भित्रमा जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताइन् । अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याबन हुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ । त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापनागर्न लागेको अध्यक्ष श्रेष्ठले बताइन् ।

प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापार घाटा कम गर्न योगदान पु¥याउने विश्वास संघले लिएको छ ।

यस बाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ । यस्तै संघले जेम्स एण्ड ज्वेलरी क्षेत्रलाई निर्यातमुलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजिकरण गर्ने भएको छ ।