• बैशाख ११ २०८२, बिहीबार

सैनामैनामा एक पुरुष मृत फेला

माघ १४ २०७७, बुधबार

-सुरेश परियार,

रुपन्देहीको सैनामैनामा झुण्डीएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । सैनामैना १,बनकट्टा स्थित बर्माटोलमा आफन्तको घरमा झुण्डीको अवस्थामा ४३ वर्षिय नर बहादुर कुमालको मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिए ।

आज विहान घटना भएको देखेलगत्तै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृृतक कुमाललाई पोष्टमार्टमका लागी बुटवल पठाइएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको रन्यौरा प्रहरीले जनाएको छ ।