काठमाडौँ। देशभर थप २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा चार हजार ३८२ जनाको परीक्षण गरिएको मध्ये २८३ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ७० हजार ३७५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा देशभर कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ ।