• बैशाख ११ २०८२, बिहीबार

पत्रकारमाथि भएका कुटपीट र दुव्र्यवहारको क्रान्तिकारी पत्रकार संगठनद्धारा भ्रत्र्सना

माघ १४ २०७७, बुधबार

काठमाडौं । सम्पूर्ण श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारको लागि संघर्षरत क्रान्तिकारी पत्रकार संगठन, नेपालले कैलाली र काठमार्डौंमा पत्रकारहरुमाथि भएका हमला र दुव्र्यवहारको कडाशब्दमा विरोध जनाएको छ ।

जिल्ला मालपोत कार्यालय, कैलालीका प्रमुख सुरेन्द्र केसीले अर्थ सरोकार डटकमका पत्रकार सुदर्शन श्रेष्ठमाथि गरेको दुव्र्यवहार र काठमाडौंबाट सञ्चालित थाहा अनलाइन डटकममा कार्यरत पत्रकार कलमबिक्रम जिसीमाथि नेकपा ओली समूहका कार्यकर्ताले गरेको आक्रमणको सो संगठनले विरोध जनाएको हो ।

पत्रकार श्रेष्ठले सेवाग्राहीको निरन्तरको गुनासोपछि समाचार संकलनका लागि मालपोत कार्यालय पुगेर सूचना माग्दा मालपोत कार्यालय प्रमुख केसीले उनलाई अपशब्द बोल्दै हातपात गर्न खोजेको र धम्की दिएका थिए भने यता काठमाडौंमा भने अखिलका अध्यक्ष रञ्जित तामाङको अन्तरवार्ता प्रकाशन गरेको आरोपमा पत्रकार कमलबिक्रम जिसीमाथि ओली समूहका कार्यकर्ताले आरआर क्याम्पसको परिसरमा कुटपीट गरेका थिए ।

सत्यतथ्य कुरा जनतालाई जानकारी गराउने जिम्मेवारी बहन गर्दै आएका श्रमजीवी पत्रकारमाथि यसरी हमला गरिएको घटनालाई क्रान्तिकारी पत्रकार संगठनले घोर निन्दनीय र भत्र्सनीय कार्य भनेको छ । सो संगठनले आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिनका लागि पहल गर्न नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाहरुलाई ध्यानाकर्षण पनि गराएको छ । सो संगठनका कार्यबाहक अध्यक्ष दिपबहादुर घर्ती र महासचिव बाबुराम भूसालद्धारा जारी विज्ञप्तिमा यस्तो ध्यानाकर्षण गराइएको हो ।

बिषय : प्रेस विज्ञप्ति
जिल्ला मालपोत कार्यालय, कैलालीका प्रमुख सुरेन्द्र केसीले अर्थ सरोकार डटकमका पत्रकार सुदर्शन श्रेष्ठमाथि गरेको दुव्र्यवहारप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सेवाग्राहीको निरन्तरको गुनासोपछि समाचार संकलनका लागि मालपोत कार्यालय पुगेर सूचना माग्दा मालपोत कार्यालय प्रमुख केसीले पत्रकार श्रेष्ठलाई अपशब्द बोल्दै हातपात गर्न खोजेको र धम्की दिएको बुझिएको छ । कार्यालय प्रमुख केसीको उक्त कार्य घोर निन्दनीय र भत्र्सनीय छ ।
मालपोत कार्यालय भ्रष्टाचार र कमिसनको अखडाका रुपमा रहेको व्यापक जनगुनासो रहने गरेको छ । मालपोत कार्यालयहरुमा जाने जो कोही सेवाग्राहीहरु यहाँ हुने दलाली, कमिसन र घुसखोरीका बारे परिचित छन् ।
सर्वसाधारण नागरिकका गुनासा सुन्नु, त्यसलाई सम्बन्धित निकायमा पुर्याउनु, सार्वजनिक निकायमा निगरानी राख्नु, जिम्मेवार बनाउनु र राज्यलाई झक्झक्याउनु मिडियाको अहम दायित्व हो । नागरिकले जान्न चाहेका सूचनाहरु उपलब्ध गराउनु सार्वजनिक निकायको संवैधानिक दायित्व हो । सूचनाको हक, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकार हुन् । संविधानले प्रदान गरेका अधिकारहरुको हनन गर्ने र उल्लंघन गर्ने कार्य दण्डनीय हुन्छ । अझ त राज्यको जिम्मेवार निकायमा बसेर नागरिकको करबाट सेवासुविधा उपभोग गर्ने कर्मचारीले यस किसिमको कार्य गर्नु गम्भीर कुरा हो । हाम्रो संगठन पत्रकार श्रेष्ठमाथि दुव्र्यवहार गर्ने र मिडियामाथि आक्रमण गरेर आफ्ना कार्य ढाकछोप गर्न खोज्ने मालपोत कार्यालय कैलालीका प्रमुख केसीमाथि हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछ । साथै निज केसीलाई प्रेस विरोधी कर्मचारीका रुपमा सूचिकृत गर्न पनि सरोकारवालाई आग्रह गर्दछ ।
त्यसैगरी मंगलबार राजधानीमा थाहा खबर डटकममा कार्यरत पत्रकार कमल जिसीमाथि आक्रमण भएको छ । अनलाइनमा प्रकाशन भएको सामाग्रीमाथि प्रश्न उठाउँदै राजधानीको प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा सरकार संरक्षित केही व्यक्तिहरुबाट पत्रकार जिसीमाथि सांघातिक आक्रमण भएको थाहा भएको छ । हाम्रो संगठन पत्रकार जिसीमाथि भएको आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दछ । साथै आक्रणमा सम्लग्नहरुको खोजी गरी कडा कारवाही गर्न माग गर्दछ । आफ्ना असहमति राख्ने अन्य माध्यम हुँदा हुँदै सोझै आक्रमण गर्ने कार्य गुण्डाराजको नमूना हो ।
दीप बहादुर घर्ती
अध्यक्ष
बाबुराम भुषाल
महासचिव