• बैशाख ११ २०८२, बिहीबार

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

माघ १३ २०७७, मंगलवार

सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

‘हामीलाई साँझ ६ बजेमात्र जानकारी आएको हो,’ उनले रातोपाटीलाई भने, ‘अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।’ उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।
आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

भट्टराईका अनुसार कसरी आगलागी भयो र के कति धनमाल क्षति भयो भन्ने प्रस्ट हुन सकेको छैन ।