• बैशाख ११ २०८२, बिहीबार

डोटीमा साइन नेपालद्वारा न्यानो कपडा वितरण

माघ १३ २०७७, मंगलवार

डोटी । साइन नेपाल नामक संस्थाले डोटीमा दुई सय ७ जनालाई न्यानो कपडा सहयोग गरेको छ ।

मानवीय सेवामा विविध प्रयास गर्दै आएको साइन नेपालले डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका ७ पोखरीमा वृद्धवृद्धा, एकल महिला, अनाथ बालबालिका र अति विपन्नलाई न्यानो कपडा वितरण गरेको हो । मानवीय सेवामा अनेकौँ प्रयास संस्था धनगढीको सहयोगमा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

चिसोबाट बच्नका लागि वडामा रहेका दुई सय ७ जनालाई सोमबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

संस्थाको केयर एन्ड रिलिफ परियोजनाअन्तर्गत ज्येष्ठ नागरिक वृद्धवृद्धा, एकलमहिला, अनाथ बालबालिकालाई ब्ल्याङकेट वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिए । निरन्तर रुपमा सामाजिक कार्यमा लापिरेको र समाज रुपान्तरणको अभियानमा प्रयास जारी रहने उनले बताए ।

संस्थाले प्रदान गरेको सेवा लिन आएकी ज्येष्ठ नागरिक ८६ वर्षीया खिनादेवी वडैलाले गाउँमै आएर जाडोको मौसममा ब्लाङ्केट दिएकोमा खुसी व्यक्त गरिन् ।

वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष अम्मर चयडा, प्रकाश साउदले जाडोको समयमा चिसोबाट बच्नका लागि वितरण गरिएको न्यानो कपडाबाट वडामा रहेका विपन्न वर्गका नागरिकलाई राहत पुग्ने साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिन जोड दिए ।

सामाजिक कार्य गर्दै आएका जोशीलाई धन्यवाद दिँदै कांग्रेस नेता कुवेर खड्काले स्वास्थ्य शिविरको लागि सहयोग गरिदिन अनुरोध गरेका थिए ।