• मंसिर १२ २०८१, बुधबार

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

माघ १३ २०७७, मंगलवार

काठमाडौंं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग अमेरिकी राजदुत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् ।      अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

राजदुत बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । बेरीले ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । सोमबार बिहान नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र बेलुकी कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

घर र विश्वभर प्रजातन्त्रलाई बलियो बनाउनको लागि नयाँ जोशका साथ कसरी अमेरिकाको नयाँ राष्ट्रपति प्रशासनले काम गर्छ र महिला अधिकारलाई बढावा दिनमा ध्यान दिने विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिएको राजदूत बेरीले ट्वीटमार्फत जानकारी दिएका छन् ।