• आश्विन ५ २०८१, शनिबार

अन्तरीक्ष भ्रमणको ढोका खोल्दै इलोन मस्क: एउटै रकेटमा १४३ स्याटेलाइट प्रक्षेपण

माघ १४ २०७७, बुधबार

अन्तरीक्ष भ्रमणको ढोका खोल्दै गरेका विश्वका प्रथम धनी व्यक्ति इलोन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणमा नयाँ कीर्तिमान कायम गरेको छ । कीर्तिमान कायम गर्न सफल उक्त प्रक्षेपणमा स्पेस एक्सको एउटै रकेटमार्फत् १४३ वटा स्याटेलाइट राखेर एकैसाथ पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो ।

अन्तरीक्षमा प्रविधि क्रान्ति:

विज्ञान तथा प्रविधिको क्षेत्रमा पछिल्लो समयमा क्रान्ति ल्याएका इलोन मस्क र उनको टिम स्पेसको अध्ययन, अनुसन्धान र स्पेस टुरमा लागि परेको छ । केही समयपछि स्पेस भ्रमण निकै सहज र रमाइलो हुने उनको ठोकुवा छ । मस्कका अनुसार मानिसका लागि अन्तरीक्षमा रहेका ९ ग्रह, २७ नक्षत्र तथा तारामण्डल अवलोकनका लागि सहज हुने छन् । ताराको बारेमा नदेखिएको सपना केको सपना भनी अन्तहीन परिकल्पना गर्ने मस्कको कम्पनी स्पेस एक्सले एउटै रकेटमार्फत् १४३ स्याटेलाइट अन्तरीक्षमा एकैसाथ पठाउन सफल भयो ।

लेजर जडित स्याटेलाइट नयाँ अनुसन्धानको आधार :

पठाइएका १४३ स्याटेलाइटमध्ये १० वटा स्पेस एक्सका आफ्नै स्टार लिंकसँग सम्बन्धित रहेका छन् । ती सबैमा लेजर जडान गरिएको छ । अबका दिनमा गरिने यी स्याटेलाइटका खोज र अनुसन्धान स्पेस एक्सका लागि वरदान साबित हुने छन् । अन्तरीक्ष भ्रमणका साथै आकाशमा रहेका ताराको थप खोजी र अुसन्धानमा यी स्याटेलाइटको ऐतिहासिक योगदान हुने ठानिएको छ । मूलतः सूचना संकलन र तिनका आधारमा गरिने खोजीले अन्तरीक्ष अध्ययनको नयाँ अध्ययाय सुरु हुने ठानिएको छ । सतहमा हेर्दा यति र उति स्याटेलाइट पठाइएको भनिए पनि स्पेस एक्सले आफ्नै गहन अनुसन्धानका लागि कति शक्तिशाली स्याटेलाइट पठायो, त्यो कुरा महत्वपूर्ण छ ।

अध्ययनको नयाँ विधि र तरिका छनौट:

स्पेस एक्सले अन्तरीक्ष अध्ययनको नयाँ विधि र तरिका छनौट गरेको छ । त्यो हो, स्पेस अध्ययनमा सबैको सहकार्य । त्यही सोचअनुसार चाहना हुने सबैको सहभागितालाई सुनिस्चित गर्न धेरै कम्पनीका १४३ वटा स्याटेलाइट आफ्नो स्पेस अभियानमा समावेश गरिदिएका छन् । सन् २०१९ मा सांकेतिक रुपमा सार्वजनिक गरिएको अन्तरीक्ष भ्रमणको उनको सपना अब क्रमशः विपनामा परिणत हुँदैछ । सपनाका झलकहरु क्रियात्मक अभियानमा परिणत हुन थालेका छन् । चाहना राख्ने सबैको सम्बोधन गर्नसक्ने यो अभियानलाई ‘स्मल स्याट’ नामाकरण गरिएको छ ।

अन्तरीक्षतर्फ मानिसको ध्यानाकृष्ट गर्दै:

इलोन मस्क र उनको कम्पनी दुईतीनवटा स्पष्ट उद्देश्य लिएर अघि बढेको छ । पहिलो हो, अन्तरीक्षको नयाँ शीराबाट अध्ययन तथा अनुसन्धान, दोस्रो हो, सबै ग्रहमा यानको पहुँच र तेस्रो हो, तारामण्डलको खोजी र थप अनुसन्धान । यसले इलोनलाई सपनामा पनि तारा मण्डल देख्ने बनाएको छ र आफ्नो मृत्यु पनि मंगलग्रहमा होस् भन्ने चाहना प्रकट गर्ने अवस्थामा पुर्याएको छ ।

अन्तरीक्ष व्यापारको सुरुआत:

पहिले शक्ति राष्ट्रको मात्र पहुँच भएको अन्तरीक्ष अब आम हुनसक्ने संकेत मिलेको छ । यसको सुरुआत इलोन मस्क र उनको कम्पनीले गरिसकेको छ । आजका मितिसम्म ‘स्मल स्याट’ अभियानका रुपमा साना आकारका स्याटेलाइट एउटै रकेटमा पठाइए पनि यो अभियानले यसै गरी भविष्यमा कति अन्तरीक्ष यात्री एउटै रकेटबाट एकै साथ अन्तरीक्षमा पठाउन सकिन्छ भनी आँकलन र अनुसन्धान गरिरहेको छ । यसका साथै प्रयोगले पनि परिपक्वता हासिल गर्दै जाने र मानिसहरु पनि क्रमशः त्यतातिर आकर्षित हुँदै जाने प्रक्रियालाई सहज र बोधगम्य बनाउँदै लगेको छ ।

कम्पनीको आर्थिक व्यवस्थापनको उपाय:

इलोन मस्क आफैमा विश्वकै एक नम्बरका सीईओ हुन् । उनले कम्पनीको आर्थिक भार कसरी कम गराउन सकिन्छ र कम्पनीलाई दीगो बनाउन सकिन्छ भन्ने हिसाब बेलैमा गर्न सक्छन् । स्पेस एक्स अहिले आफैमा विश्वकै सर्वाधिक धनी कम्पनी हो । तथापि यसले कम्पनीको आर्थिक बृद्धिका लागि अनेकन उपाय पनि सिर्जनात्मक रुपमा विकास गरिरहेको छ । हालैको १४३ स्याटेलाइट एउटै रकेटमार्फत् अन्तरीक्षमा पठाउनु पनि तीमध्ये एक हो । यो अभियानमा स्याटेलाइट सहभागी सबैले थोरैधेरै लगानी अवश्यै गरेका छन् ।