काठमाडौँ। संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौँमा सिठी जुलुस निकालेको छ। केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो समूहले दिउँसो तीन बजेपछि काठमाडौँको लैनचौरबाट सिटी जुलुस निकालेको थियो । जुलुसमा सहभागीहरुले सरकार विरुद्ध विभिन्न नाराहरु लगाउनुका साथै सिठी फुकेर विरोध गरेका थिए ।
लैनचौरबाट शुरु भएको सिठी जुलुस सोह्रखुट्टे क्षेत्रपाटी हुदै वसन्तपुर पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभामा सम्बोधन गर्दै सो समूहका युवा संघका नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले भने, ‘प्रतिगमन विरुद्ध ज्ञानेन्द्रको श्रीपेच लगाएर निरंकुशताको बाटोमा हिडिरहेका केपी ओलीहरुले बुझुन यो हामीले गरेको सिठ्ठी जुलुस होइन प्रतिगमन विरुद्ध हामीले बजाएको शंख हो’
त्यस्तै जुलुसपछि कोण सभामा परिणत भएको सो कार्यक्रममा बोल्दै सो समूहका अनेरास्ववियूका संयोजक रञ्जित तामाङ्ले राज्यकोषको दुरुपयोग गरेर प्रतिगमनकारीहरुले गरेको ब्रह्मालूटको हिसाव किताब खोजिने वताए उनले भने,’ विभिन्न भ्रष्टाचारका हिसाब किताव जनताले खोज्नेछन् नेपाली जनतालाई हिसाब किताव बुझाउनु पर्ने छ।’
सो सभालाई युवा नेता शिव कोइराला (ज्वाला )ले सन्ञ्चालन गरेका थिए ।