काठमाडौँ। कोरोना सङ्क्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत गोदावरी, ललितपुरका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको वीर अस्पतालमा उपचारक क्रममा सोमबार मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गरेको छ ।