काठमाडौं । सरकारले अदालतलाई प्रभावपार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकारवादीहरुले विरोध प्रदर्शन गरेका छन् । मानवअधिकार तथा शान्ति समाजले सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो ।
सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरेको मानवअधिकारवादीहरुले बताएका छन् ।
प्रदर्शनमा उपस्थित भएका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका २६ प्रदर्शनकारीहरुलाई केही समयका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।