• जेष्ठ २७ २०८२, सोमबार

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना सङ्क्रमण

माघ १२ २०७७, सोमबार

काठमाडौं, देशभर थप ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ । हाल तीन हजार २४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा कोरोना निको हुनेकाे प्रतिशत ९८.०५ पुगेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या दुइ हजार ११ पुगेको छ ।