• मंसिर १२ २०८१, बुधबार

अध्यक्ष ओलीलाई लगाएको आरोप फिर्ता लिए प्रचण्डसित फेरि मिलन हुनसक्छः पोखरेल

माघ १२ २०७७, सोमबार

काठमाडौं । विभाजनमा पुगेको नेकपा केपी ओली पक्ष र दाहाल-नेपाल पक्षकाबिचमा कटाक्ष चलिरहेका बेला ओली पक्षधर नेता ईश्वर पोखरेलले दाहाल-नेपाल पक्षले केही सर्तहरु मानेमा फेरि मिल्न सकिने अभिव्यक्ति दिएका छन् । निकै विवाद चर्किएको र देशभर सभाहरु गरिरहेका बेला आएको यो भनाइले नेपालको राजनीतिमा अर्थ राख्ने बताइएको छ ।

पोखरेलले सोमबार सो पार्टीको बागमती प्रदेश संगठन समितिको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गते अर्का अध्यक्ष ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए ।

संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति देशभर जनसभा आयोजना गरिएको पनि पोखरेलले बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताए । आफूहरुले पार्टीबाट कसैलाई निश्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाई छ ।