काठमाडौं । गत २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ ।
त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग अघोसित नाकाबन्दी लगाएको आरोप लगाएका छन् ।
यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थ लगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।