• बैशाख ११ २०८२, बिहीबार

प्रहरी अधिकृतहरुलाई आईजीपीको निर्देशन –   घोषित निर्वाचनको सुरक्षा तयारीमा  रहनु

माघ ११ २०७७, आईतवार

काठमाडौं । आईजीपी शैलेश थापा क्षेत्रीले सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौती व्यवस्थापन गर्न प्रहरी अधिकृतहरुलाई जिम्मेवारीपूर्वक काम गर्न  निर्देशन दिएका छन् ।

एसपीबाट प्रहरी एसएसपी पदमा पदोन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिह्‍न प्रदान गर्ने कार्यक्रममा थापाले यस्तो जनाउँदै कानुनभन्दा बाहेकका क्रियाकलाप नियन्त्रणमा थप सक्रिय हुन निर्देशन दिएका हुन् । दर्ज्यानी चिह्‍नद्वारा सुशोभित हुने एसएसपीहरुमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्‍जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसूदन लुइँटेल र मोहनप्रसाद पोखरेल थिए ।