काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको जनाउँदै देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने जनाउँदै सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने अडान लिएका छन् ।
अपांगता भएका व्यक्तिहरु संगको साक्षात्कार कार्यक्रममा आइतबार उनले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् । विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले संसद् पुनस्स्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत लगाएका छन् ।