• मंसिर १२ २०८१, बुधबार

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

माघ ११ २०७७, आईतवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ। शुक्रबार काठमाडौंमा उक्त समूहले प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरेको थियो। आजको बैठकमा शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने नेकपाले जनाएको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच माघ ९ गते काठमाडौंमा भएको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ ।