भनिन्छ, नेपाली समाजमा ब्रत बस्नु एकादशी तीर्थ जानु काशी उक्ती रहेको सर्बविदित्तै छ । हिन्दू धमालम्बीहरुको पात्रो अनुसार चान्द्रमास अनुसार महिनाको ११औँ दिनलाई एकादशी भनिन्छ । मूलतः हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुइटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुन्छ ।
यी एकादशीहरुको नाम यस प्रकार छ:
बरूथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापांकुशा, रमा, हरिबोधिनी, उत्पत्तिका, मोक्षदा, सफला, पुत्रदा, षट्तिला, भीमा, विजया, आमलकी, पापमोचनी र कामदा एकादशीहरु हुन । त्यस्तैगरी प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास अर्थात पुरुषोत्तम महिना पर्छ र सो साल १३ महिनाको एक वर्ष मानिन्छ । त्यतिबेला दुइटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा जम्मा जम्मी २६ वटा एकादशी पर्न आउँछन् । यसै ०७७ सालको गत असोज २ गते देखि असोज ३० गतेसम्म पनि पुरुषोत्तम महिना परेको थियो ।
प्रत्येक एकादशीको आफ्नो अलग नाम र परिचय छ भने सबैको फरक-फरक व्रत उपवासको फल तोकिएको पाइन्छ । यसरी नै एकादशी कृष्ण पक्ष र शुक्ल पक्ष गरि महिनामा २ पटक पर्ने हुन्छ । जसमध्ये पूर्णिमापछि आउँने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसीं पछि आउँने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । वस्तुतः पौष शुक्ल पक्षमा पर्ने एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । श्रावण र पौष दुबै महिनाको शुक्ल पक्षमा यस एकादशी पर्दछ ।
पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ ।
सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । वर्षभरीका एकादशीहरु मध्ये पुत्रदा एकादशी पनि एक हो । यस वर्षको माघ ११ गते यो एकादशी पर्न आएको छ । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशीतिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । पहिले एक समयमा धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरु मेट्दै भगवान् कृष्णले बताउनुभयो । सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमथि आफ्नो आधिपत्य जमायो । देवताहरूले दुःख भोग्नुपर्यो । अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे । महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो ।
त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीरसागर जानुभयो । त्यहाँ शेषनागको शैयामा योग निद्रामा लीन हुनु भएका भगवान् विष्णुलाई साष्टांग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे । यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौँ अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ ।
फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । अतः विभिन्न धर्म शास्त्रहरुमा वर्णित गरे अनुसार वर्णित एकादशीमाहात्म्यका अनुसार उत्पत्तिका एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जपतप, स्नानदान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन ।
समग्रमा भन्नुपर्दा हिन्दू समाजमा जुन मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ । एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन् । एकादशी माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ । एकादशीमा व्रत बसेर रात्रिमा जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउँछ । व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ ।
एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ । यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन । यद्यपी, एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यसरी लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान् बिष्णु समेत थाक्नुभयो र दानव मुरको शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो । त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रालीन हुनुभयो । दानव मुरले भगवान विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गयो ।
दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन ।
ती देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केहि बेरमै मुरलाई रथ र अस्त्र बिहिन बनाइदिईन । आफ्नो शक्तिको आहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिईन । नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन ।
कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो । जसको उत्तरमा एकादशीले भगवान् बिष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफुले पाप नाश गर्दिन सकु भनि वरदान मागिन, जसलाई भगवान् विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो । त्यति मात्र नभई भगवान् बिष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो । यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ ।
वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बत्रे हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ ।
एकादशीव्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । यसर्थ चोरी, हिंसा, व्रmोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । एकादशी र औंसीमा हिन्दुहरूले मासु खान बर्जित तथा निषेध नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई हिन्दु धर्मको लचकता वा व्यावहारिक कठिनाइ खुकुलो पार्न पण्डितहरूले आफूखूसी चलाएको कदम मान्ने ? अझै स्पष्ट हुन सकेको छैन् । यसकारण एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ ।