• मंसिर १२ २०८१, बुधबार

संसद विघटनको विषयले दलहरुमा ध्रुविकरण हुनु चिन्ताको विषय होः अध्यक्ष ढकाल

माघ १० २०७७, शनिबार

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री केपी प्रतिनिधि सभा भंग गरेको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयले नेपालको संविधानको परिधि र शासकीय व्यवस्थालाई प्रष्ट पार्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशले काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका ढकालले प्रतिनिधि सभा विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता व्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

अध्यक्ष ढकालले संचार माध्यमले नकारात्मक समाचारलाई मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सही परिणाम हासिल हुने जिकिर गरे । ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताए ।