• मंसिर १२ २०८१, बुधबार

प्रचण्ड-नेपाल साइबर सेनाको हाउगुजी देखेरै त्राहिमाम्

माघ १० २०७७, शनिबार

१० माघ, काठमाडौं । विघटित संसदका विरुद्ध देशव्यापी आन्दोलन, विरोध, शक्ति प्रदर्शन जस्ता कार्यक्रम हुँदै आएका छन् । जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) नेकपाले गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि ओली र प्रचण्ड–नेपाल नेकपा दुई कित्तामा उभिएका छन् । यी दुई समूह औपचारिक रूपमै विभाजनको कित्तामा दर्ज नभए पनि विभाजित हुने प्रायः निश्चित् देखिन्छ ।

प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन, विरोध, शक्ति प्रदर्शन जस्ता कार्यक्रम गर्नुले ओलीसँगको सम्बन्ध सम्भवतः अब न्यानो नहुने पक्का छ । ओलीले संविधानको अपव्याख्या र संसद विघटन गर्नुले प्रचण्ड–नेपाल निकै रुष्ट बनेका छन् ।

पार्टीभित्रको अन्तरसंघर्ष, कलह, द्वन्द्व निस्तेज र शक्ति सन्तुलनमा राख्न नसक्नुले ओलीले संसद विघटन गरेका छन् । तर, ओली भन्छन्, –‘पार्टीभित्र काम गर्ने वातावरण सहज नभएपछि संसद विघटन गरेको हुँ ।’

यता प्रचण्ड–नेपाल भने यो कुरालाई मान्न तयार छैनन् । आफूहरूले पार्टीभित्र काम गर्ने सहज वातावरण सिर्जना गरिदिए पनि काम गर्नै नचाहेको बताउँछन् । बरु उनले पार्टीभित्र अन्तरसंघर्ष गर्न नसकेरै रिसको झोकमा संसद विटन गरेको आरोप लगाउँदै आएका छन् ।

तथापि ओली र प्रचण्ड–नेपालले एकआपसमा जुनसुकै आरोप–प्रत्यारोप लगाए पनि पार्टीभित्रको अन्तरसंघर्षलाई निर्मूल पार्न नसक्नु नै यी दुवै पक्षको कमजोरी हो । पार्टीलाई एकाकार बनाएर बलियो बनाउनुको साटो फुटको संघारमा लैजानु दुर्भाग्य भएको राजनीतिज्ञहरूले बताउँदै आएका छन् ।

हुन त नेकपा फुटको डिलमा उभिए पनि उसले फुटको औपचारिकता भने पाएको छैन । किनकि औपचारिक रूपमै फुट्को आधिकारिकता पाउनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता भएको हुनैपर्छ । पार्टी दर्ता भएरमात्रै हुँदैन, निर्वाचन आयोगको नम्स पूरा गरेको हुनुपर्छ ।

तत्काल यी सबै प्रक्रिया पूरा गरी ओली, प्रचण्ड–नेपाल पक्षले पार्टी दर्ता गराएका छैनन् । निर्वाचन आयोगमा विघटित संसदको मुद्दा विचाराधिन रहेकोले हाललाई पार्टी फुट्ने र फुटाउने प्रक्रिया रोकिएको छ । पार्टी नफुटे पनि यी दुई समूह भने फुटेभन्दा बढी तमासा देखाइ रहेका छन् ।

प्रचण्ड–नेपाल पक्षले ओलीको विरोधमा देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ । देशका ७७ वटै जिल्लामा ओलीले संसद विघटन गरेको झोकमा व्यापक आन्दोलन, विरोधका कार्यक्रम भैरहेका छन् । राजधानी काठमाडौंमा भने दैनिकजसो विरोधका कार्यक्रम हुँदै आएका छन् ।

सडकमा राजनीतिकर्मी र अधिकारकर्मीले ओलीको विरोध गरिरहेका छन् । विशेष गरी प्रचण्ड–नेपाल पक्षले विरोध, आन्दोलन, शक्ति प्रदर्शन गरिरहेको छ । उसले शुक्रबार (हिजो) भने देशका ७७ वटै जिल्लाबाट आफ्ना नेता तथा कार्यकर्ता काठमाडौंमा उतारेर भव्य विरोध ¥याली प्रदर्शन गरेको छ ।

उक्त प्रदर्शनमा ओलीको खोइरो त खनियो नै । तथापि ओलीले साइबर सेना परिचालन गर्ने धम्की दिएसँगै प्रचण्ड–नेपाल पक्ष लगायत अन्य पार्टीहरू त्रसित भएका छन् । यस बारेमा विशेष गरी ओलीका विश्वास पात्र पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतले बोल्दै आएका छन् ।

साइबर सेना गठित भएको छ या छैन, त्यस बारेमा गृहमन्त्रालय नै अनविज्ञ छ । तर, साइबर सेनाको हाउगुजी देखेर देशका सबै नागरिक हैरान भएका छन् । विरोष त प्रचण्ड–नपाल पक्ष त्राहिमाम् भएको देखिन्छ । यस पक्षले जुनसुकै कार्यक्रममा बोल्दा पनि साइबर सेनाको बारेमा बोल्ने गरेको पाइन्छ ।

शुक्रबार रत्नपार्कमा आयोजित विरोध ¥यालीका प्रमुख वक्ता धनश्याम भुषाल, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सेनाको बारेमा सजग रहन आग्रह गरेका छन् । अन्य वक्ताले सजग हुनमात्रै होइन, साइबर सेनालाई स्यालको संज्ञा दिएका छन् भने ‘प्रचण्ड’ले त यदि साइबर सेनाले कोही कसैलाई छोएरमात्रै देखाओस्, त्यसको हिसाब किताब हुनेछ भन्दै धम्की दिएका छन् ।

खासमा साइबर सेना भनेको के हो ? यसको सांगठनिक संरचना कस्तो छ ? वर्तमान समयमा परिचालित छ या छैन ? भन्ने प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता चक्र बुढा भन्छन्, ‘यस बारेमा गृह मन्त्रालयको सुरक्षा संयन्त्रमा कुनै जानकारी छैन ।’ उता प्रचण्ड–नेपाल पक्ष र अन्य पार्टीहरू भने त्रहिमाम् छन् ।

खासमा यो एउटा ओलीको फियर ट्रिकमात्रै हो । आफ्ना विरोधी र प्रतिपक्षलाई कसरी पाखा लगाउन सकिन्छ, त्यसको वैकल्पिक आवाजमात्रै हो । वास्तवमा नेपालमा साइबर सेनाको संंगठन नै छैन । यो कुरा गृह मन्त्रालयका प्रवक्ताबाटै प्रष्ट हुन्छ ।

तर, साइबर सेनाको हाउगुजी देखरै प्रचण्ड–नेपाल, अन्य पार्टीहरू र सर्वसाधारण नागरिक त्राहिमाम् छन् ।