काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि किर्तेको आरोप लगाएका छन् ।
संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठ्ठी गायब बनाउने देखि प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना पुरानो मितिमा राजपत्र छाप्नेसम्मको कार्य गरेको भन्दै किर्तेको आरोप लगाएका हुन् ।
‘हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’ भट्टराईले आज सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखेका छन् । यसअघि पनि भट्टराईलाई प्रधानमन्त्री ओलीले वैगुनी केटो भनेपछि उनले कडा जवाफ दिएका थिए ।
योगेश भट्टराईले ट्वीटरमा लेखेका छन्, संबिधानको कुनैधारा उल्लेखनगरि बिघटनको चिट्ठी गयो,अदालतमा प्रश्न उठेपछि उक्त चिठ्ठी गायबगरियो,अर्को चिट्ठी ल्याएर फायलमाराखियो,अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ?हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?