• मंसिर १२ २०८१, बुधबार

ओलीले निरकुंशवाद र अराजकता लादेर संघीयतासहित संविधान विघटन गर्न खोजे : प्रचण्ड

माघ ९ २०७७, शुक्रबार

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । विभाजित नेकपाका दाहाल-नेपाल समुहको शक्ति प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीले निरकुंशवाद र अराजकता लादेर संघीयतासहित संविधान विघटन गर्न खोजेको आरोप लगाए । 

उनले मुलुक र जनताको हितका लागि आफूहरु सधैं क्रियाशील रहेको जिकीर गरे । 

आफूहरुले ओलीलाई सुधार्ने अथक प्रयास सफल हुन नसकेको भन्दै चुनावी घोषणा पत्र र पार्टीको उद्देश्यअनुसार काम गर्न नसकेपछि आफूहरुले काम गर्न दबाब दिँदा उल्टै प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको मुलुकभर विरोध भइरहेको प्रचण्डको भनाइ छ ।