काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन्।आज प्रचण्ड-नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै तीन वर्षमा आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको बताए ।
पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दै उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
त्यस्तै आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनले बताए । उनले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गरे ।