• बैशाख १० २०८२, बुधबार

नेकपा प्रचण्ड–नेपाल समूहको काठमाडौँमा विरोध प्रदर्शन शुरु (तस्विरसहित)

माघ ९ २०७७, शुक्रबार

काठमाडौँ। नेकपा प्रचण्ड–नेपाल समूहको काठमाडौँमा विभिन्न ठाउँमा विरोध प्रदर्शन शुरु भएको छ। स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्केको छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुदै छ । मुख्य जुलुस पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने बताइएको छ।

सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।