रुपन्देही । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेताहरुलाई प्रश्न गरेका छन् । ‘नेकपाका नेताहरुले अहिले हामी यता छौं भनेर फोटो प्रर्दशन गरिरहँदा कोभिडको वेला तपाईहरु कहाँ हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न गरेका हुन् ।
विहिवार नेपाली कांग्रेस बुटवल उपमहानगर समितिद्धारा बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै, नेता थापाले यस्तो बताएका हुन् । कोही प्रधानमन्त्री वन्न पाउने ललिपपमा प्रधानमन्त्रीको निवासमा, कोही अध्यक्ष पाउने हुडहुडीमा त कोही सर्प पाल्न तिर ठिक्क भएको जिकिर गर्दै, कोभिडको वेला जनतालाई कसरी वचाउन सकिन्छ भन्नेमा कहिल्यै वहस गर्नुभयो भनी प्रश्न गरेका थिए ।
नेता थापाले वर्तमान सरकारले गत पुस ५ गते गरेको संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक मात्रै नभई, अनाधिकृत भएको टिप्पणी गरे । संविधानमा हुँदै नभएको संसद् विघटनलाई वलजफ्ती गरेको समेत बताए ।
संसद् विघटन कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएको वताउँदै सिङ्गो नेकपा पार्टी नै दोषी भएको नेता थापाले बताए ।
सर्वोच्च अदालतमा संसद् विघटन विरुद्ध रिट निवेदन परेको र वहस पनि जारी रहेकाले सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई समेत धर्म, न्याय र विवेक पुर्याएर काम गर्न आग्रह गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नेता थापाले भने, ‘श्रीमान् संसद् विघटन कार्य असंवैधानिक एंव अलोकतान्त्रिक विधि विपरित भयो भन्ने मुद्धामा वहस भैरहेकाले वाहिरी भाषण तथा वन्द कोठा भित्रको खासखुसले विचलित नभई, धर्म, न्याय र विवेक पुर्याई वक्सियोस् ।’