• जेष्ठ २७ २०८२, सोमबार

प्रधानमन्त्री ओलीलाई १० लाख डोज भ्याक्सिन हस्तान्तरण, सहयोग गरेकोमा मोदीलाई धन्यवाद 

माघ ८ २०७७, बिहीबार

काठमाडौं । भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई १० लाख डोज भ्याक्सिन हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । आज बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले धन्यवाद व्यक्त गरेका हुन् ।

भारत आफ्ना नागरिकलाई भ्याक्सिन दिइरहेको बखतमा पनि सहयोगका लागि बढेको भन्दै ओलीले भने,‘म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, भारत सरकार र भारतीय जनतालाई एक लाख डोज कोभिड भ्याक्सिनको उदार सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु ।’

नेपालले १० लाख भ्याक्सिन अनुदान स्वरुप पाएको छ ।