• बैशाख १० २०८२, बुधबार

पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना सङ्क्रमण

माघ ८ २०७७, बिहीबार

काठमाडौँ। देशभर थप ३३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पछिल्लाे २४ घण्टामा पाँच हजार ३० जनाकाे पीसीआर परीक्षण गरिएकोमा ३४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६८ हजार ३१० पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार ७ सय ९९ रहेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा दुई लाख ६२ हजार ८६८ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा एक हजार ९७९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।