काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धनबहादुर विक पक्राउ परेका छन् ।
उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ । श्रेष्ठ हत्याको जिम्मा विप्लव समूहले लिएपनि हालसम्म कोहि पनि पक्राउ परेका थिएनन् ।
विकको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली गरेको समेत पाइएको प्रहरी दाबी छ ।