• जेष्ठ २७ २०८२, सोमबार

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै

माघ ८ २०७७, बिहीबार

काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामाहरुमा विरोध विरोध प्रदर्शन गर्दै छ । संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो।

कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् ।