• मंसिर १२ २०८१, बुधबार

झलनाथ खनालले ओलीलाई दिए नेकपाबाट उप्किएको चोइटाको संज्ञा

माघ ७ २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका छन्  ।

आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका हुन्  ।

‘नेपाल कम्युनिस्ट पार्टी हामी हौँ। ओली फुटेर गएको चोइटा हो। रुखबाट पनि केही चोइटा जान्छ,’ उनले भने ।

नेता खनालले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेपाल अस्थिरतातर्फ धकेलिएको आरोप लगाए ।