काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।
बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो ।
पुलिसले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो भने सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो ।
सुदूरपश्चिम पनि पहिलो खेलमा बाग्मतीसँग नै पराजित भएसंगै सुदूरपश्चिमको यो लगातार दोस्रो हार भएको छ ।