७ माघ, काठमाडौं । प्रचण्ड–नेपाल समूहले ओलीको प्रतिगमनविरुद्ध चरणबद्ध आन्दोलन एवम् शक्ति प्रदर्शन गर्दै आएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार (आज) काठमाडौं उपत्यकामा मोटरसाइकल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद ‘कू’विरुद्ध प्रचण्ड–नेपाल समूहले देशव्यापी सडक तताउँदै आएको छ । संसदको हत्या र संविधानको अपव्याख्या गर्दै आएका ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै उक्त समूहले देशव्यापी विरोध गर्दै आएको छ ।
त्यसकै संज्ञास्वरूप बुधबार देशभरीका युवाहरू काठमाडौंमा जम्मा भई मोटरसाइकल ¥याली निकालेका छन् । झन्डै दुई हजारभन्दा बढी संख्यामा उपस्थित भएका ती युवाहरूले मोटरसाइकल सहितको ¥याली निकालेर शक्ति प्रदर्शनसमेत गरेका हुन् ।
भृकुटी मण्डपबाट मोटरसाइकल ¥यालीसहित त्रिपुरेश्वर, थापाथली, लगनखेल, सातदोबाटो हुँदै तीनकुनेमा कोणसभा गरी उक्त ¥याली विसर्जन गरिएको थियो । ¥यालीमा सहभागी अधिकांश युवाहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
मोटरसाइकल ¥याली एवम् शक्ति प्रदर्शनका सहभागिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध आक्रोश पोखेका छन् । जनताको रगत र बलिदानबाट निर्मित संविधानको धज्जी उडाउने ओलीको विपक्षमा आफूहरू सडकमा उत्रिएको बताए ।
ओलीको प्रतिगमनविरुद्ध आफूहरूले सडकबाटै दबाब दिएको बताए । संविधानको अपव्याख्या र संसदको अपमान गर्ने ओलीको विचलन कार्यशैलीको घोर निन्दा गर्दै देशव्यापी आफूहरूले आन्दोलन एवम् शक्ति प्रदर्शन गर्ने गरेको बताएका छन् ।
¥याली एवम् शक्ति प्रदर्शनमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका बागमती प्रदेशका सदस्य हिरा महर्जनले भने, –‘हामीले काठमाडौं उपत्यकामात्रै नभएर देशैभरी यसरी नै शक्ति प्रदर्शन गरेका छौँ, यो ओलीको प्रतिगमनविरुद्ध नै हो ।’
त्यस्तै ¥यालीमा सहभागी अर्का नेकपा प्रचण्ड–नेपाल समूह अनेरास्ववियूकी केन्द्रीय सदस्य देवकी कार्की भन्छिन्, –‘हामीले आज उपत्यकामा मोटरसाइकल ¥याली निकाल्नुको कारण केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध नै हो, हामीले सशस्त्र युद्ध लडेर एवम् जनआन्दोलन नै गरेर संस्थागत गरेको संविधान ओलीले दिउँसै हत्या गर्न पाइँदैन र उनले हत्या गरेको संविधानलाई पुनर्जीवन दिन हामी सडकममा आर्लिएरै यसरी ¥याली निकालेका हौँ ।’ कार्की थप्छिन्, –‘इतिहासका हरेक कालखण्डमा तानाशाही, आततायी र जल्लाद जस्ता शासकको ठेगान सडकबाटै लाग्ने गरेकोले हामीले सडक रोजेका छौँ र ओलीको तानाशाही प्रवृत्ति अन्त्य गरेरै छोड्छौँ ।’
नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मोटरसाइकल ¥याली एवम् शक्ति प्रदर्शनको संयोजन प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए । उनी सो ¥यालीमा उपस्थित नभए पनि गोल मिडिया खबरसँग कुरा गर्दै भने, –‘ओलीले सरकार चलाउने समय टुंगिँदै गएको छ ।’ उनी थप्छन्, –‘यदि ओलीले सरकारबाट बिदा नलिए जनताले गलहत्तयाएर निकाल्छन्, चिन्ता गर्नु पर्दैन ।’
नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार शक्ति प्रदर्शनसहित ओलीको प्रतिगमनविरुद्ध बृहत जनसभा गर्ने भएको छ । त्यसकै संज्ञास्वरूप बुधबार मोटरसाइकल ¥याली निकालिएको उसले बताएको छ ।