काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबैको सहमतिमै कमलपोखरी पुर्ननिर्माणको काम अघि बढाएको जनाएका छन् ।
बुधबार काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै उहाँले पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताए । शाक्यले भने – ‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामका विषयमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ,’ शाक्यले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ ।’
सबैको सहमतिमै पुर्ननिर्माणको काम अघि बढाएको जनाउँदै उनले कमलपोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेको बताए ।