• बैशाख १० २०८२, बुधबार

प्रचण्ड -माधव समूहले राजधानीमा प्रदर्शन गरेको मोटरसाइकल र्याली (फोटो फिचर)

माघ ७ २०७७, बुधबार

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक भनेर आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले आज राजधानी काठमाडौँमा मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। समूहको केन्द्रिय संघर्ष समितिको आव्हानमा हजारौँ मोटरसाइकलहरु र्यालीमा सहभागी भएका थिए। भृकुटीमण्डपको प्रदर्शनी स्थलबाट शुरु भएको र्याली पद्मोदयमोड,कमलादी,थापाथली,कुपुण्डोल हुदै जावालाखेल पुगेको थियो। र्याली जावलाखेलबाट सातदोबाटो हुदै तीनकुनेमा पुगेर सकिएको थियो।