काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनलाई संविधानको हत्या भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गर्दै विघटनको निर्णयले प्रतिगमन भएको बताए ।
सामाजिक संजाल फेसबुकमा अध्यक्ष थापाले लेखेको स्टाटस- “प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु विगत १४ बर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार र कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको छ । यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ ।”