• मंसिर १२ २०८१, बुधबार

संसद विघटनविरुद्ध भाेलि हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

माघ ७ २०७७, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि माघ ८ गते बिहीबार गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले बिहीबार ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गर्दैछ ।
आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भोलि माघ ८ गते आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न  अपील गरेका  छन्।