काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । खोप ल्याउँनका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरेको समेत मन्त्री त्रिपाठीले जानकारी गराएका छन् ।यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।