नेकपा दाहाल नेपाल समूहले आज काठमाडौंमा मोटरसाइकल र्याली निकोलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेपछि त्यसको विरोधमा रहेको सो समूह विभिन्न रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
संसद भंग गरिएको घटनालाई सो समूहले निरंकुश र असंवैधानिक कदम भनेको छ । दाहाल नेपाल समूह लगायत अन्य पार्टीहरु पनि संसद पुनस्थापना गर्नुपर्ने भन्दै आनदोलित भएका छन् । प्रधानमन्त्री ओली भने आगामी बैसाखमा चुनाब गर्ने घोषणा गरि त्यसको तयारीमा लागेका छन् ।
नेपालको हालको यो सत्ता रिक्तताको अवस्थालाई नजिकबाट नियालिरहेका विदेशी शक्तिहरु भ्ने नेपालको राजनीतिलाई आफ्नो पकडमा लिनका लागि निकै दौढधुपमा रहेका छन् । यसैबिच नेपाली सत्ताधारी र आनदोलनमा रहेका नेताहरुको तिब्र विवादबिच बैसाखमा चुनाव हुन्छकी हुँदैन यसै भन्न सकिने अवस्था छैन ।