• मंसिर ११ २०८१, मंगलवार

टन्सिलबारे जान्नै पर्ने कुरा – लक्षण र बच्ने उपाय

माघ ६ २०७७, मंगलवार

टन्सिलको समस्यादेखि आजकाल धेरै मानिस ग्रसित  हुने गर्दछन् । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण, ब्याक्टेरिया, गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ । टन्सिल हुनुका कारण शरीरमा आयोडिनको कमी भएर हुनसक्छ भने मौसम परिवर्तन भएर चिसोले गर्दा समेत हुनसक्ने सम्भावना रहन्छ । अत्यधिक चिसो खानेकुरा खानु तथा बजारका तथा गलत खानपानको बानि गर्नाले समेत टन्सिल हुने गर्दछ । 

टन्सिलका लक्षण

शरीरमा उच्च तापक्रम देखापर्नु

सुक्खा खकार आउनु

जिउ काँप्ने गरी ज्वरो आउनु

स्वास गन्हाउनु

गला भित्रको भाग रातो हुनु

आवाज भारी हुनु

घरेलु उपचार

१.  दालचिनीको धूलो र महको मिश्रणलाई नियमित ३ पटकसम्म खाएमा पनि गलाको टन्सिल निको हुन्छ ।

२. मरिच र तुलसीका पातलाई उमालेर काढा बनाई राति सुत्नुअघि दूधमा हालेर पिउँदा पनि टन्सिल बिस्तारै निको हुन्छ ।

३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।

४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।

५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।