काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का युवाहरुले संसद विघटनको विरोधमा केश मुण्डन गरेर प्रदर्शन गरेका छन् ।
केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन उत्रिएका हुन् । केश मुण्डन र कालो पट्टी बाधेर प्रधानमन्त्रीविरुद्ध नारा लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।